मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

खुसी बाँड्दै जेष्ठ नागरिकको भ्रमण टोली बर्दिबासमा

शनिबार, ११ असार २०७३, १६ : ३०
शनिबार, ११ असार २०७३

बर्दिबास–जेष्ठ नागरिकहरुको अधिकारको लागि शान्तिपूर्ण आन्दोलनको नेतृत्व गर्ने टोलीलाई बर्दिबासका स्थानियहरुले शनिबार स्वागत गरेका छन् । जेष्ठ नागरिकहरुको आन्दोलनको केही माग सम्बोद्धन गरेर सरकारले जेष्ठ नागरिकहरुको समाजिक सुरक्षा भत्ता बढाएर प्रति महिना २ हजार गरेको खुशियाली बाँड्न अग्रज समाज नेपालका टोलीहरु महाकाली—मेची भ्रमणमा हिडेकामा आज सर्लाहीको लालबन्दी हुदैं बर्दिबास आएका हुन् । चार बर्षदेखि आन्दोलन गर्दै आएका उनीहरुको माग सम्बोधन गर्न सरकारले केही तत्परता देखाउँदै एक हजारबाट भक्ता दुई हजार पुर्याएको थियो ।

अबको थप माग सम्बोधन गर्न सरकारलाई दवाब दिन अग्रज नेपालका टोलीहरु सल्लाह सुझावको लागि गत जेष्ट २७ गतेबाट महाकाली—मेची भ्रमणमा हिडेका अध्यक्ष महाप्रसाद पराजुलीले बताए । पूर्वाञ्चल अध्यक्ष मानबहादुर चौहानले सरकारले जेष्ठ नागरिकको आन्दोलनमा प्रहरी लगाएर लाठी चार्जको विरोध गरे । सह—अध्यक्ष नयन्द्र बहादुर खड्काले संविधानमा उल्लेख भएको जेष्ठ नागरिकहरुको अधिकार कार्यान्वय गरिनु पर्नेमा सरकारसंग माग गरेका छन् । कार्यक्रममा बर्दिबासका राजनीतिक दलका पार्टि प्रतिनिधि, जेष्ठ नागरिक ,पत्रकार, प्रहरीप्रशासनहरुको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप