मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अस्पतालको लापरबाहीले शिशु र आमाको ज्यान गयो

शनिबार, ११ असार २०७३, १६ : ४०
शनिबार, ११ असार २०७३

इटहरी–विराटनगरस्थित कोशी अञ्चल अस्पतालको हेलचेक्राईका कारण इटहरीकी एक गर्भवती महिलाको ज्यान गएको भन्दै आफन्तले कारवाहीको माग गरेका छन् । इटहरी ८ स्थित गैसारकी २७ वर्षिय सबिता महतको शुक्रवार दिउँसो १ बजे सम्म स्वास्थ्य ठिक भएको चिकित्सकले बताए पनि एकाएक शिशुको आमाको पेट भित्रै मृत्यु भएको जानकारी दिएका थिए । आफन्तले जसरी भए पनि आमाको ज्यान जोगाउन अपिल गर्दा आमालाई केहि नहुने भन्दै चिकित्सकले आश्वसन दिएको मृतकका बुवाले बताए । उनले आफुले डाक्टर र नर्सलाई पटक पटक अवस्थाको बारेमा जिज्ञाशा राख्दा समेत अप्रेसन नगरि नर्मल रुपमै मृतक शिशु निकाल्न सकिने भन्दै नआतिन आग्रह गरेका थिए । शुक्रवार राति शिशु निकाल्ने प्रयास भइरहेका बेला अकस्मात नर्सले यहाँ उपचार सम्भव नभएकोले अर्कै कुनै राम्रो अस्पताल लैजान भन्दै डिस्चार्ज पत्र थमाए पछि आफन्तहरु शसंकित बनेका थिए । चिकित्सकको कुरालाई विश्वास लिँदै एम्वुलेन्स खोज्न आफन्तले ध्यान दिँदा यता सविताको ज्यान गइसकेको उनका श्रीमानले बताए । उनले चिकित्सकको गम्भिर लापवार्हिकै कारण श्रीमतीको निधन भएको बताए । अस्पतालले विरामीलाई असार १० गते राति रिफर गरे पनि आफन्तलाई थमाइएको उक्त डिस्चार्ज पत्रको मिती भोली पल्ट अर्थात असार ११ गते शनिवार लेखिएको छ । आफुले गरेको गल्ति लुकाउन गलत मिति उल्लेख गरेर विरामी डिस्चार्ज गर्न खोज्नुले अस्पताल प्रति शंका उत्पन्न भएको आफन्तले बताए । शनिवार मृतकको अन्तिम संस्कार गर्न इटहरी स्थित बुढीगंगाजमुना मुक्ति घाटमा लगिए पनि शिशु समेत छ भन्ने सुचना पाए पछि इटहरी प्रहरीको एक टोली घाट पुगी दाहसंस्कार रोक्न भनेको थयो । तर प्रहरीले शिशुको ज्यान आमाको पेट भित्रै भएको जानकारी पाए पछि रोकिएको अन्तिम संस्कार शुरु गरिएको छ । विराटनगर स्थित अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. रोशन पोख्रेलले भने अस्पतालको इमरजेन्सिमा उपचार गर्न ल्याउने क्रममै महिलाको मृत्यु भइसकेको दाबि गरेका छन् । उनले अस्पतालको लापर्वाहिले बिरामीको मृत्यु भए नभएको बारे अस्पतालमै आएर बुझन समेत आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप