मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सप्तरीमा बाढीले बेहाल, १३० घर डुवानमा

शनिबार, ११ असार २०७३, १६ : ४६
शनिबार, ११ असार २०७३
राजविराज–पाँच दिनदेखिको अविरल वर्षाका कारण सप्तरीको खाँडो नदीमा आएको बाढीले शनिवार १ सय ३० घर डुवानमा परेका छन् । बाढिले सकपुरा गाविस वडा नम्बर ६ र ७ का एक सय ३० घर डुवानमा परेका हुन् । सकरपुरा गाविस–६ स्थित खाडोको बाँध कटान गरेर गाउँमा बाढि पसेपछि उक्त वडाका घरहरु डुबानमा परेको प्रहरीले जनाएको छ । बाँध कटान गरेर बाढिले करिब ५ विघा खेती योग्य जमिनसमेत कटान गरेको हो । उक्त बाढीले तिलाठी–हनुमाननगर सडक पनि २ किलोमिटर कटान गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बाढीबाट पीडित भएकाहरुको लागि राहत, उद्दार र बाँध मर्मतका कार्यका लागि प्रहरी निरीक्षको कमाण्डमा १५ जना, तिलाठी प्रहरी चौकीबाट प्रहरी हबलदारको कमाण्डमा ५ जना तथा तिलाठीस्थित बोर्डर आउट पोष्टवाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २० जनाको टोली घटना स्थलमा खटाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप