मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

स्वीजरल्याण्डविरुद्ध पोल्याण्डको ऐतिहासिक जित

शनिबार, ११ असार २०७३, २३ : १७
शनिबार, ११ असार २०७३
काठमाडौं – जारी युरोकपमा पोल्याण्डले स्वीटरल्याण्डविरुद्ध ऐतिहासिक जित दर्ता गरेको छ । शनिबार राती भएको खेलमा पोल्याण्डले टाइब्रेकरमा स्वीटरल्याण्डलाई ५–४ ले हराउँदै पहिलोपटक क्वाटरफाइनलमा पुग्न सफल भयो । हारसँगै स्वीटरल्याण्ड भने प्रतियोगिताबाट बाहिरियो । निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल एक एकको बराबरीमा पुगेपछि खेल टाइब्रेकरमा पुगेको थियो । यसअघि खेलको ३९ औँ मिनेटमा ज्याकुब ब्लास्कचेकोस्की पोल्याण्डका लागि गोल गरेर अग्रता दिलाएपनि ८२ औँ मिनेटमा स्वीट्जरल्याण्डका शाक्विरीले बराबरी गोल गरे । तर त्यसपछि दुबै समुहबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो । जसमा पोल्याण्डले एतिहासिक जित दर्ता गर्न सफल भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप