मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आत्मघाती गोल गोलको कारण नर्दन आयरल्याण्ड युरोकपबाट बाहिरियो

शनिबार, ११ असार २०७३, २३ : ४७
शनिबार, ११ असार २०७३
काठमाडौँ  – फ्रान्समा जारी युरोकपबाट नर्दन आयरल्याण्ड बाहिरिएको छ । शनिबार राती वेल्ससँग भएको खेलमा आत्मघाती गोल खान पुग्दा नर्दन आयरल्याण्ड युरोकपबाट बाहिरिन पुगेको हो । आफ्ना खेलाडी एमसी आउलेले खेलको ७५ औं मिनेटमा बल क्लियर गर्ने क्रममा आत्मघाती गोल गर्दा वेल्स भने भाग्यमानी ठहरियो । नर्दन आयरल्याण्ड बाहिरिएसँगै वेल्स ऐतिहासिक जित दर्ता गर्दै क्वाटरफाइनलमा पुग्यो । ग्रेट ब्रिटेन अन्तर्गतका दुबै टोली पहिलो पटक यूरोकपमा डेब्यू गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप