मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिको भारत भ्रमण छिट्टै हुन्छः भारतीय राजदूत

आइतबार, १२ असार २०७३, ११ : ०७
आइतबार, १२ असार २०७३

अर्घाखाची– नेपालका लागि भारतीय राजदुत रञ्जित रेले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण पछि नेपाल भारतको सम्बन्ध थप प्रगाढ हुने विश्वास ब्यक्त गरेका छन् ।

उनले राष्ट्रपतिको भारत भ्रमणको विषयमा कुटनीतिक पहल भइरहेकाले छिट्टै दुबै देशका राष्ट्रपति भ्रमणको मिति तय गर्ने बताए ।

रिपोटर्स क्लब अर्घाखाची शाखाले सन्धिखर्कमा आयोजना गरेको साक्षात्कारमा बोल्दै राजदुत रेले नेपाल र भारतजस्तो भौगोलिक,समाजिक र धार्मिक सम्बन्ध अरु कुनै मुलुकसँग नभएको भन्दै नेपालको शान्ति,स्थिरता र विकासमा भारत सधै सकारात्मक रहेको स्पष्ट पारे ।

केही दिनमा हुन लागेको नेपाल भारत बीचको उच्च स्तरीय बैठकले सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग गर्ने राजदुत रे को विश्वास थियो ।

तराई आन्दोलनलाई लक्षित गर्दै राजदुत रेले नेपालको अस्थिरता र अशान्तिले भारतमा समेत असर पार्ने हुदा त्यसप्रति भारतको चासो हुनु स्वभाबिक रहेको जिकिर गर्दै तराई आन्दोलनलाई नेपाल सरकारले वार्ताबाटै समाधान खोज्नुपर्नेमा जोड दिए ।

नेपालमा जलबिद्युत,पर्यटन र कृषिमा धेरै सम्भावना रहेकोले ती क्षेत्रहरुको बिकासमा भारत सधै सहयोग र सहकार्य गर्न तयार रहेको बताउँदै भारतले नेपालको शिक्षा र स्वास्थ्यलाई बढि प्राथमिकता दिइएको भएतापनि आगामी दिनमा अन्य क्षेत्रमा समेत सहयोग गर्न भारत तयार रहेको स्पष्ट पारे । नेपालमा अहिले ५३० परीयोजना भारतले सञ्चालन गरीरहेको र थप परीयोजना प्रकृयामा रहेको बताउँदै पाणीनी बहुमुखी क्याम्पसको बिकास,जिल्लाको खानेपानी,सिंचाइ र भुतपुर्व भारतीय पेन्सनर हरुको लागी पेन्सन क्याम्प स्थापनाका लागी आफुले पुर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप