मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

तरलता व्यवस्थापन गर्ने राष्ट्र बैंकको उपायः १० अर्बको ऋणपत्र जारी हुँदै

आइतबार, १२ असार २०७३, ११ : ३७
आइतबार, १२ असार २०७३
काठमाडौं–तरलता व्यवस्थापनका लागि केन्द्रिय बैंकले आइतवार (आज) १० अर्व रुपैयाँ वरावरको ऋण पत्र जारी गर्दैछ । बजारमा अत्यधिक रकम थुप्रिएपछि त्यसको व्यवथापनका लागि नेपाल राष्ट्र बैंकले वोलकवोलका आधारमा खरिद गर्न सकिने गरि ऋण पत्र जारी गर्न लागेको हो । एक बर्षे समयावधी दिएर जारी हुन लागेको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०७४ ख’ मा वोलकवोलकै आधारमा व्याजदर निर्धारण हुने जनाइएको छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले खरिद गर्न सक्ने ऋण पत्र धितोका रुपमा प्रयोग गर्न सक्ने जनाईको छ । २०७४ असार १२ गते सम्मको समय दिएर जारी हुन लागेको ऋण पत्रको व्याज भने अर्धवार्षिक रुपमा भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ । एढटा संस्थाले घटीमा एक करोडदेखि वढीमा एक करोडले भाग गर्दा शिःशेष भाग जाने अंकमा १० अर्व नवढाई खरिद गर्न सक्ने केन्द्रिय बैंकले जारी गरेको सूचनामा उल्लेख छ । यस्तै, एउटै संस्थाले अलग–अलग व्याजदरमा पनि ऋणपत्र खरिद गर्न सक्नेछन् । अनलाइन माध्यमवाट खरिद गर्न सक्ने र समय दिनको ३ वजे तोकिएको जनाइएको छ । बजारमा अत्यधिक रकम थुप्रिएपछि वढ्दो तरलतालाई नियन्त्रण गर्नकै लागि ऋण पत्र जारी गर्न लागेको केन्द्रिय बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप