मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

गिरान्चौर बस्ती बनाउने धुर्मुस सुन्तलीको सपना पूरा हुँदै, तिलगंगा आँखा प्रतिष्ठानले गर्यो १५ लाख सहयोग

आइतबार, १२ असार २०७३, ११ : ४७
आइतबार, १२ असार २०७३

काठमाडौं–गिरान्चौर एकिकृत बस्ती निर्माणमा जुटेका हाँस्यकलाकार धुर्मुस सुन्तलीलाई नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले १५ लाख रुपैँया सहयोग गरेको छ । २४ औँ वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानले बस्ती निर्माणका लागि उक्त रकम सहयोग गरेको हो । भूकम्पपश्चात शुभचिन्तकहरुबाट प्रतिष्ठानलाई प्राप्त सहयोग बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरेको कार्यकारी निर्देशक डा. सन्दुक रुइतले बताए ।

धुर्मुस सुन्तली फाउण्डेशनका संस्थापक सल्लाहकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य एवं गिरान्चौर एकिकृत बस्ती निर्माण परियोजनाका सल्लाहकार डा. गोविन्द पोख्रेलले फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाई संयुक्त रुपमा चेक हस्तान्तरण गरे । डा. गोविन्द पोख्रेल र वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्य प्रतिष्ठानको वोर्ड सदस्य छन् भने मदनकृष्ण श्रेष्ठ वोर्ड सल्लाहकार छन् । प्रतिष्ठानबाट प्राप्त उक्त सहयोगप्रति आभार व्यक्तगर्दै फाउण्डेशनका अध्यक्ष कट्टेलले एउटा अस्पतालको तर्फबाट भएको उक्त सहयोगले निकै उर्जा मिलेको बताए । प्रतिष्ठानको उक्त सहयोगसँगै ४ करोड ९६ लाख अनुमानीत लागत रहेको गिरान्चौर एकिकृत बस्ती निर्माण परियोजनाका लागि फाउण्डेशनमा ३ करोड सहयोग जुटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप