मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगित, भूकम्पपीडितलाई एकमुष्ट २ लाख दिनुपर्ने माग

आइतबार, १२ असार २०७३, ११ : ५५
आइतबार, १२ असार २०७३
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण व्यवस्थापिका संसदको बैठक अवरुद्व बनेको छ । all आइतबार बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले भूकम्प पीडितहरुलाई तत्काल एकमुष्ट दुई लाख रुपैयाँ उपलब्ध गराइनुपर्ने माग गर्दै अवरोध सुरु गरेका थिए । उनीहरुको निरन्तरको अवरोधपछि सभामुख ओनसरी घर्तीले बैठक आधा घण्टाको लागि अवरोध गर्न पुगिन् । बैठक स्थगित भएसँगै अहिले दलहरुबीच संसद भवन नयाँ वानेश्वरमै संसद खुलाउने विषयमा छलफल भइरहेको बताइएको छ । कांग्रेसले शनिबार बसेको संसदीय दलको बैठकबाट सरकारले तत्काल भूकम्पपीडितलाई एक मुष्ट २ लाख दिने प्रतिबद्धता नजनाएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप