मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

वीरगन्जमा मोटरसाइकल चोरी हुने क्रम बढ्यो, बीमा कम्पनीहरु संकटमा

आइतबार, १२ असार २०७३, १२ : ०५
आइतबार, १२ असार २०७३

वीरगन्ज– वीरगन्जमा केहि महिना यता मोटरसाइकल चोरी हुने क्रम ह्वात्तै बढेको छ । वीरगन्ज नगर क्षेत्रबाट चार महिनाको अवधीमा करिब दुई सय वटा मोटरसाइकल चोरी भएको छ । चोरहरुको रोजाइमा पुराना भन्दा नयाँ मोटरसाइकलहरु पर्ने गरेका छन् । चोरी भएका मोटरसाइकलहरु सीमावर्ती भारतीय शहरमा पुग्ने गरेका छन् ।

यस्तै वीरगन्जमा रहेका ग्यारेजका सन्चालकहरुले पनि चोरीको मोटरसाइकल खरिद गर्ने गरेका छन् । ग्यारेजमा पु¥याइएका चोरीका मोटरसाइकलको पाटपुर्जा खोलेर बिक्रि वितरण हुदै आएको छ । श्रोतका अनुसार वीरगन्जका केही घरहरुमा पनि मोटरसाइकल मिस्त्रीले चोरीको मोटरसाइकलका पार्ट्सहरु खोलेर ग्यारेजको माध्यमबाट नेपालका विभिन्न स्थानका पसलहरुमा पु¥याउने गरेका छन् । यस्तै चोरीको मोटरसाइकल नम्बर प्लेट परिवर्तन गरि नक्कली कागजातको आधारमा प्रहरीको पहुच भन्दा बाहिर ग्रामीण क्षेत्र तथा राजमार्गहरुमा खुल्लम खुल्ला रुपले चल्ने गरेका छन् । मोटरसाइकल चोरी हुने क्रम बढेपछि वीरगन्जमा रहेका इन्स्योरेन्स कम्पनीहरु आर्थिक संकटमा परेका छन् । मोटरसाइकल चोरीको घटनापछि केही इन्स्योरेन्स कम्पनीहरु टाट पल्टिने अवस्था आएको युनाइटेड इन्स्योरेन्सका धीरज शर्माले बताए । मधेस आन्दोलन यता आफनो कम्पनीले ७० वटा मोटरसाइकलको बीमा गरेकोमा २७ वटा मोटरसाइकल चोरी भएको दाबी सहितको फाइल आइसकेको शर्माले जानकारी दिए ।

चोरहरुले बढि जसो एक वर्ष भित्र खरिद गरेका पल्सर मोटरसाइकलहरु चोरी गर्ने गरेको शर्माले बताए । यसअघि पल्सर मोटरसाइकल चोरीको घटना बढेपछि अधिकांश इन्स्योरेन्स कम्पनीहरुले बिमा गर्न नै छाडेको शर्माले बताए । वीरगन्जमा रहेको लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रबन्धक निशान्त लामिछानेले गत आर्थिक वर्ष २०७१÷७२ मा बीमा गरिएका बजाज मोटरसाइकल मध्ये ३० प्रतिशत चोरी भएको दाबी आएपछि बीमा नै गर्न छाडेको बताए ।

चालु आर्थिक वर्ष २०७२÷०७३ मा पनि ५६ वटा मोटरसाइकलको बीमा गरिएकोमा ती मध्ये २५ वटा मोटरसाइकल चोरी भएको दाबी आएको लामिछानेले जानकारी दिए । बीमा नियम अनुसार खरिद गरेको ६ महिना भित्रको मोटरसाइकल चोरी भएमा इन्स्युरेन्स कम्पनीहरुले शत प्रतिशत र एक वर्ष भित्रको चोरी भएमा ९० प्रतिशत रकम सम्बन्धित माटरसाइकल धनीलाई दिनु पर्ने प्रावधान छ । वीरगन्जमा अहिले १८ वटा इन्स्योरेन्स कम्पनीहरुले मोटरसाइकल लगायत अन्य सवारीसाधनको बिमा गर्दै आइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप