मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

५ सय घट्दै सुनको भाउ ५८ हजार ५ सय

आइतबार, १२ असार २०७३, १२ : १३
आइतबार, १२ असार २०७३

काठमाडौ–अन्तरार्राष्ट्रिय बजारमा भएको सुनको मुल्य वृद्धिसँगै नेपाली बजारमा पनि एकैदिन प्रतितोला ३ हजार रुपैयाँले बढेको सुनको भाउ आइतवार भने प्रतितोला ५ सय रुपैयाँ घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाल सुन प्रतितोला ५८ हजार ५ सय र तेजावी सुन प्रतितोला ५८ हजार २ सय ५० रुपैयाँमा कारोवार भएको छ । यस्तै, चाँदी प्रतितोला ८ सय १५ रुपैयाँमा कारोवार भएको जनाइएको छ । वेलायत (इयु) वाट वाहिरिने भएसँगै अमेरिकी डलर शक्तिशाली भएपछि सुनमा लगानीकर्ता आकर्षित हुँदा अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएको थियो । सोही कारण शुक्रवार एकैदिन नेपाली वजारमा पनि सुनको भाउ प्रतितोला ३ हजार बढेर ५९ हजार रुपैयाँ पुगेको थियो । अन्तर्राष्ट्रिय बजारकै प्रभावले नेपाली बजारमा अप्रत्यासित ढंगले भाउ बढेपछि कारोवार समेत बन्द भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप