मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पुँजी वृद्धिको दवाव : एक दर्जन साना संस्था बेचिए

आइतबार, १२ असार २०७३, १३ : १४
आइतबार, १२ असार २०७३

काठमाडौ–नेपाल राष्ट्र बैंकको चुक्ता पुँजी वृद्धि नीतिपछि एक दर्जनवढी साना बैंक तथा वित्तीय संस्था बिक्रिमा गएका छन् । आगामी २०७४ असार मसान्तसम्ममा चुक्ता पुँजी वृद्धि गर्नुपर्ने वाध्यात्मक व्यवस्थाले ती बैंक तथा वित्तीय संस्था बिक्रि भएका हुन् । केन्द्रिय बैंकले ल्याएको नीति पुरा गर्न नसकेपछि आफुभन्दा बढी पुँजी भएका बैंकसँग गाभिने प्रक्रिया भएपनि कतिपयलाई ठूला बैंकले खरिदनै गरेका छन् । खासगरि, ‘क’ बर्गका बैंकले साना वित्तीय संस्था खरिद गरिरहेका हुन् । ‘क’ बर्गका वाणिज्य बैंकले एक आपसमा गाभिने र साना संस्था खरिद गरेर तोकिएको समयमा चुक्ता पुँजी पुर्याउने रणनीति ल्याएपछि क्षेत्रिय तथा एक जिल्ले बैंक तथा वित्तीय संस्था धमाधम विक्रिमा जान थालेका हुन् । पछिल्लो समय लमजुङ कार्यक्षेत्र रहेको प्यासिफिक डेभलपमेन्ट बैंक, काँक्रेविहार, महालक्ष्मी विकास बैंक, पश्चिमाञ्चल फाइनान्स लगायतका संस्था बिक्रिमा गएका छन् । ग्लोवल आइएमई बैंकले प्यासिफिक डेभलपमेन्ट बैंक खरिद गर्ने सम्झौता गरिसकेको छ । एक जिल्ले यो बैंकको ११ करोड रुपैयाँ चुक्ता पुँजी थियो । यस्तै, काष्ठमण्डप डेभलपमेन्टले पनि पछिल्लो समय काँक्रे विहार विकास बैंक खरिद गर्ने सम्झौता गरेको छ । यसअघिनै सो बैंकले महालक्ष्मी विकास बैंक, पश्चिमाञ्चल फाइनान्स किनिसकेको छ । यस्तै, विराटलक्ष्मी विकास बैंक र कन्ट्र डेभलपमेन्ट बैंकलाई प्राइम कमर्सियल बैकले खरिद गर्ने भएको छ । यी दुवै संस्थाले प्राइमसँग सम्झौता गरिसकेका छन् । सर्लाहीको वागमती डेभलपमेन्ट बैंक पनि सानिमा बैंकसँग बिक्रि हुने भएको छ । यो पनि यसअघिनै भएको सम्झौता हो । वाणिज्य बैंकले एक अर्कासँग गाभिएर (मर्ज) भन्दा साना संस्था खरिदनै गरेर आफ्नो चुक्ता पुँजी पुर्याउने उद्देश्य लिएकालले पनि साना संस्था विक्रिमा गएको जानकारहरु बताउँछन् । राष्ट्र बैंकले मुलुकमा बैंक तथा वित्तिय संस्थाको संख्यामा भएको वृद्धि नियन्त्रण गर्दै फोर्स मर्जरमा जान दवाव सहित पुँजी वृद्धि योजना ल्याएपनि वाणिज्य बैंक भने त्यसमा पुरापुर तयार नभएको देखिएको छ । तर, विकास बैंकको हकमा भने राष्ट्र बैंकको लक्ष्य पुरा हुने देखिएको छ । विकास बैंकहरु मर्जरमै वढी जोड दिएकाले पनि त्यो लक्ष्य पुरा हुने सिद्धार्थ डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र बताउँछन् । तर, साना संस्था भने अहिले आफै चुक्ता पुँजी पुर्याउने अवस्था नरहेकाले बिक्रिमा गएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप