मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सरकारले कुरा सुन्न चाहेन : कांग्रेस

आइतबार, १२ असार २०७३, १४ : ०४
आइतबार, १२ असार २०७३

काठमाडौँ– व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद आनन्द ढुङ्गानाले ‘भूकम्पपीडित जनताको मागलाई आफ्नो दलले सदनमा कुरा उठाउँदा सरकार गम्भीर नबनेको आरोप लगाए । भूकम्पपछि तत्कालीन सदनले पुनःनिर्माण कार्य अघि बढाउन सङ्कल्प पारित गरेको स्मरण गराउँदै उनले सो प्रस्ताव कार्यान्वयन गर्न सरकार उदासीन बनेको बताए । सांसद ढुङ्गानाले सरकारले ल्याएको बजेट र विनियोजन छलफलमा काँग्रेसले रचनात्मक सहयोग गर्ने जानकारी दिँदै ‘सरकार मेरो गोरुको बारै टक्का’मा चल्न नसक्ने बताए । उनले भने – सदन कसैको पेवा होइन, सार्वभौम जनताको हो । सदनमा उठान भएको कुरामा सरकार किन गम्भीर बन्न नसकेको ? भूकम्पपीडित जनतलाई घर बनाउन एकमुष्ट रु दुई लाख दिने सरकारको लिखित प्रतिवद्धता नआएसम्म सदन चल्न नसक्ने उनले अडान राखे । यसपछि प्रतिपक्षी दल नेकाका सांसदहरु आ–आफ्ना आसनबाट उठे । सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा भूकम्प पुनःनिर्माणका बारेमा सविस्तार जानकारी दिन बोल्न खाजेको जनाउ दिँदै अवरोध नगर्न आग्रह गरिन् । तथापि, प्रतिपक्षी सांसदहरु उठिरहेका कारण सभामुख घर्तीले बैठक आधा घन्टाका लागि स्थगन गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप