मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अस्थायी शिक्षकद्वारा विद्यालय बन्द

आइतबार, १२ असार २०७३, १४ : ४०
आइतबार, १२ असार २०७३

महोत्तरी – स्वतः स्थायी हुनुपर्ने माग गर्दै महोत्तरीका अस्थायी शिक्षकहरुले आज जिल्लाका सामुदायिक विद्यालय बन्द गराएका छन् । तेस्रोचरणको आन्दोलनअन्तर्गत आज उनीहरुले एक दिनका लागि जिल्लामा रहेको सामुदायिक विद्यालय बन्द गराएका हुन् ।

शिक्षा विधेयक आठाँै ऐन संशोधनमा राखिएको अस्थायी शिक्षक सम्बन्धी बुँदाको विरोध गर्दै आइरहेको शिक्षकले प्रक्रिया पूरा गरी अस्थायी शिक्षकलाई स्थायी गर्न र सर्वोच्च अदालतको परमादेश लागू गर्न माग गर्दै देशभर नै आन्दोलनको कार्यक्रम गर्दै आइरदिए । दिनुभयो । आजको बन्द कार्यक्रमलाई जिल्लामा रहेका नेपाल शिक्षक सङ्घ, नेपाल राष्टिय शिक्षक सङ्गठनलगायतका विभिन्न सङ्घ सङ्गठनले समर्थन गरेको अध्यक्ष झाको दाबी छ ।

महोत्तरीमा प्राथमिकतर्फ १६८, निम्न माध्यमिकतर्फ ५१ र माध्यमिक तह तर्फ ४६ गरी २६५ जना स्थायी शिक्षक कार्यरत रहेको जिल्ला शिक्षा कार्यालय महोत्तरीको तथ्याङ्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप