मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

३९ गाविसमा अनुदान सम्झौता सम्पन्न

आइतबार, १२ असार २०७३, १४ : ४२
आइतबार, १२ असार २०७३
गोरखा – गोरखाको ३९ गाविस र एक नगरपालिकामा निजी आवास निर्माणका लागि अनुदान सम्झौता सकिएको छ । बाँकी २१ गाविस र एक नगरपालिकामा पनि छिट्टै अनुदान सम्झौता गरिने पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय गोरखाले जनाएको छ । यस्तै भूकम्पको केन्द्रविन्दु बारपाक, हंशपुर र सौरपानीलगायत गाविसका लाभग्राहीको खातामा पहिलो किस्ता अनुसार रु ५० हजार हालिइसकिएको छ । हंशपुरमा राष्ट्रिय वाणिज्य बैँक भच्चेक शाखाबाट ७६५ जनालाई तथा बारपाकमा मनास्लु विकास बैंकमार्फत करिब एक हजार जनालाई अनुदान रकम बितरण गरिएको हो । अनुदान रकम वितरणसँगै जिल्लास्थित भवन तथा आवास डिभिजन कार्यालयले खटाएका इन्जिनियर र प्रविधिज्ञ गाउँ÷गाउँमा पुगिसकेका छन् । अनुदान रकम लिइसकेका लाभग्राहीले बर्खा लागेको भन्दै घर निर्माणको काम गरेका छैनन् । किस्ताबन्दीमा रकम दिँदा निर्माण सामग्रीको ढुवानीमा समस्या भएको लाभग्राहीको गुनासो छ । उत्तरी भेगका गाविसमा पनि लाभग्राहीसँग अनुदान सम्झौता गरिएको चुम्चेत गाविसका सचिव दीपक गुरुङले बताए । सरकारले दिने रु दुई लाखले दुर्गममा भूकम्पप्रतिरोधी घर निर्माण गर्न नसकिने दुर्गमका जनताले बताउँदै आएका छन् । सहुलियत ब्याजमा ऋण उपलब्ध गराइदिए ऋण र अनुदान रकमले घर निर्माण गर्ने स्थानीयवासीको सोच छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप