मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेसको मागबारे छलफल गर्न बानेश्वरमा शीर्ष नेताहरुको बैठक

आइतबार, १२ असार २०७३, १४ : ४५
आइतबार, १२ असार २०७३
काठमाडौँ–प्रमुख प्रतिपक्षी दलले उठान गरेका मागहरुमाथि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरुबीच व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा छलफल जारी छ । बैठकमा प्रम केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेलको सहभागिता रहेको छ । प्रमुख प्रतिपक्षी दलले भूकम्पपीडित जनतालाई आवास निर्माण गर्न एकमुष्ट रु दुई लाख तथा दुई प्रतिशत ब्याजदरमा रु १५ लाख र रु २५ लाख क्रृण वितरण गर्ने व्यवस्था मिलाउन सरकारसँग माग राखी सदन अवरुद्ध गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप