मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारलाई सुरक्षित बनाउन मञ्च

आइतबार, १२ असार २०७३, १४ : ४७
आइतबार, १२ असार २०७३

कावासोती –वैदेशिक रोजगारमा गएर फर्केका यहाँका कामदारले आप्रवासी कामदार हकहित संरक्षण मञ्च गठन गरेका छन् ।

खुमकान्त गौडेलको अध्यक्षतामा नौ सदस्यीय आप्रवासी कामदार हकहित संरक्षण मञ्च गठन गरिएको हो । समितिका उपाध्यक्षमा नीता गुरुङ, सचिवमा सुभ राना, कोषाध्यक्ष धुव्र भुषाल तथा सदस्यहरुमा सरिता कँडेल, उमा भुषाल, वृन्दा कँडेल, वासुकी लामिछाने र मनमाया सोमै रहेका छन् ।

सल्लाहकारमा बालकुमारी जिसी, होलीमाया गाहा, गोपाल पौडेललगायत रहनुभएको छ । नगरपालिका भित्रका विभिन्न वडाका वैदेशिक रोजगारसँग सम्बन्धित व्यक्तिको भेलाले गठन गरेको समितिले नगर क्षेत्रमा वैदेशिक रोजगारलाई सुरक्षित बनाउन अभियान चलाउने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप