मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

उपभोक्ता अस्वस्थ्यकर मासु खान बाध्य

आइतबार, १२ असार २०७३, १५ : १७
आइतबार, १२ असार २०७३

वीरगन्ज– वीरगन्जका उपोक्ताहरु अस्वस्थ्यकर मासु खान बाध्य भएका छन । घण्टाघर चोक नजिकैको विपि उद्यान परिसरमा रहेको माछामासु बजार , फोहोर र अव्यवस्थित भएपनि अन्य कुनै विकल्प नभएका कारण उपभोक्ताहरु त्यहीको अस्वस्थ्यकर मासु खरिद गरेर खान बाध्य भएका हुन् । माछा मासु व्यवसायी संघ वीरगन्जका अनुसार यहाँ खसी, कुखुरा, बंगुर र राँगाको गरि करिब दुई सय वटा मासु पसलहरु रहेका छन् । तर ती सबै पसलेहरुले सडक र खुल्ला नालाको छेउमै खुल्ला रुपमा खसीबाख्रा, कुखुरा, राँगा र बुङगुर काट्दै मासु बेच्दै आइरहेका छन् ।मासु बिक्रेताहरुले वीरगन्जमा व्यवस्थित बधशाला नभएकाले नाला र हिलोकै छेउमा खसीबाख्रा र कुखुरा काटेर मासु बिक्री गर्न बाध्य भएको बताएका छन् । सरकारले नगरमा मासुका लागि व्यवस्थित वधशाला निर्माण गर्न निर्देशन दिए पनि त्यो निर्देशन कागजमा मात्रै सिमति भएको छ । व्यवस्थित बधशालाका लागि आफुहरुले वीरगन्ज उपमहानगरपालिका कार्यालयमा पटक पटक आग्रह गरेपनि अहिलेसम्म कुनै सुनुवाइ नभएको माछा मासु व्यवसायी संघ वीरगन्जका सचिव ग्यासु मियाले गुनासो गरे । .नाला र हिलो जमेकै ठाँउमा बगरेले खसीबाख्रा र कुखुराको बध गरि झिंगा भन्किरहेको मासु बिक्री गरिरहे पनि सम्बन्धित निकायले यस बारेमा कुनै चासो दिएको छैन । वीरगन्जमा रहेका मासु बिक्रेताहरु उपभोक्ताको स्वास्थ्य प्रति गैरजिम्मेवार बने पनि राज्यको निकाय यस प्रति आँखा चिम्लेर बस्नु दुर्भाग्यपुर्ण भएको उपभोक्ता अधिकारकर्मीहरुको भनाइ छ । नगरमा बिक्रि भइरहेका खसीबाख्रा र कुखुराको मासुको गुणस्तर बारे बेला बेलामा अनुगमन भइरहेको जिल्ला स्तरीय अनुगमन समितीले दाबी गरे पनि उपभोक्ताले त्यसको अनुभूती गर्न पाएका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप