मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

लोकमानविरुद्व महाअभियोग लगाउन गोबिन्द केसीको माग, असार २६ देखि आमरण अनसन बस्ने घोषणा

आइतबार, १२ असार २०७३, २३ : ४५
आइतबार, १२ असार २०७३

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्व महाअभियोग लगाइनु पर्ने त्रिवि शिक्षण अस्पतलका डाक्टर गोबिन्द केसीले माग गरेका छन् ।

[caption id="attachment_1745" align="alignleft" width="640"] File photo[/caption]

आइतबार त्रिवि शिक्षण अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दै केसीले भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्ने कार्की आफैं भ्रष्टाचारमा लिप्त भएको भन्दै तत्काल संसदले उनीविरुद्व महाभियोगको प्रक्रिया अघि बढाउनु पर्ने माग गरे । यस्तै उनले सम्बन्धित आयुक्तहरुमाथि पनि कारबाहीको माग गरेका छन् । आफ्नो र आफन्तको व्यापारिक स्वार्थका लागि लोकमानले काठमाडौं विश्वविद्यालयको मेरिटको भर्ना र निश्चित शुल्कमा भर्ना लगायत समग्र सुधारको प्रक्रिया अवरुद्ध पारेर भ्रष्टहरुलाई संरक्षण गरेको र अरु जिम्मेवारी पदाधिकारीलाई ब्ल्याकमेलिङ गरेर राजीनामा समेत गर्न बाध्य पारेको तथा कार्यक्षेत्र नाघेर प्रवेश परीक्षामा हस्तक्षेप गरेको केसीको आरोप छ ।

यस्तै उनले चिकित्सा शिक्षा ऐनको मस्यौदामा सबै सरकारी मेडिकल शिक्षण संस्थाहरुको आर्थिक भार सरकारले बेहोर्नुपर्ने, सबै प्रदेशमा एउटा सरकारी मेडिकल कलेजको स्थापना गरिनुपर्ने, काठमाडौं उपत्यकामा आउँदो १० वर्षसम्म मेडिकल , डेन्टल र नसिंङमा नयाँ सम्बन्ध नदिनेलगायतका व्यवस्था हुनुपर्ने माग गरेका छन् । यस्तै माथेमा प्रतिवेदनको सुझावविपरित काठमाडौंमा खोल्ने भनेर प्रस्तावित प्रतिष्ठानसम्बन्धी संसदमा विचाराधीन विधेयक तत्काल फिर्ता गर्न माग गरेका छन् भने विगतमा भएको सम्झौताहरुको अक्षरंश पालना गर्न पनि माग गरेका छन् । उनले आफ्नो माग पूरा नभए आगामी असार २६ गतेदेखि आमरण अनसन बस्ने घोषणा समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप