मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

महाराजगञ्जमा सामसुङ डिजिटल प्लाजाको शुभारम्भ

आइतबार, १२ असार २०७३, १५ : ५८
आइतबार, १२ असार २०७३
काठमाडौं–सामसङ्गका इलेक्ट्रोनिक उत्पादनको नेपालका लागि आधिकारिक बिक्रेता हिम इलेक्ट्रोनिक्स प्रालिले महाराजगंजको नारायण गोपाल चोकमा सामसुङ डिजिटल प्लाजाको नयाँ सज्जासाथ आइतवार शुभारम्भ गरेको छ । समसङ्गका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले सामसुङ्गका उत्पादनहरु उपलब्ध गराउने उद्देश्यले सुविधा सम्पन्न सामसङ्ग डिजिटल प्लाजा खोलिएको जनाइएको छ । सामसुङ्ग डिजिटल प्लाजामा सामसङ्गका सबै उत्पादनहरु प्रदर्शनमा राखिएका र कर्भ टिभीहरु, एलईडी टिभी, रेफ्रिजेरेटर, वासिंग मेसिन, माइक्रो वेभ ओभन तथा मोबाइल फोन रहेका छन् । काठमाडौँ उपत्यका भित्र ८ वटा र बाहिर ४ वटा गररे हालसम्म १२ बटा सामसुङ्ग प्लाजा खुुलि सकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप