मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पार्टीभित्र प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्दै नयाँ शक्तिको विधान पारित

आइतबार, १२ असार २०७३, १८ : १७
आइतबार, १२ असार २०७३

काठमाडौं– नयाँ शक्ति नेपालले पार्टीभित्र अध्यक्षसहित पदाधिकारी र कार्यसमितिका सदस्यहरु सम्पूर्ण पार्टी सदस्यहरुबाट प्रत्यक्ष निर्वाचित हुनुपर्ने प्रत्यक्ष निर्वाचन प्रणालीसहितको विधान पारित गरेको छ । पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा शुक्रबारबाट जारी केन्द्रीय परिषद सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । पार्टीको पहिलो राष्ट्रिय भेलाबाट बनेको कार्यदलले गरेको गृहकार्यको आधारमा यसअघि संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले प्रस्तुत गरेको विधानमाथिको छलफलपछि केन्द्रीय अध्यक्षलगायत सबै तहका पदाधिकारी र सदस्यहरु सम्पूर्ण साधारण सदस्यबाट निर्वाचित हुनुपर्ने प्रणालीसहितको विधान पारित गरेको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए।

‘नयाँ शक्तिको आधार तत्व’ नामक राजनीतिक दस्तावेज र ‘विकास र आर्थिक समृद्धिको खाका’ समेतका दस्तावेजहरु कार्यदलले परिमार्जन गरेअनुसार पारित गर्ने र सोका निम्ति निरन्तर सुझाव संकलन गर्ने र महाधिवेशनसम्म परिमार्जन गर्ने समेत निर्णय भएको देवकोटाले बताए । बैठक सोमबार दिउँसो १२ बस्नेगरी स्थगित भएको छ । सोमबार कार्यविभाजन र तत्कालीन कार्ययोजनालाई छलफलमार्फत पारित गर्दै बैठक समापन गरिने प्रवक्ता देवकोटाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप