मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पाटेबाघको सङ्ख्या वृद्धि

आइतबार, १२ असार २०७३, १८ : २०
आइतबार, १२ असार २०७३
बर्दिया- पछिल्लो समयमा पाटेबाघको सङ्ख्या नेपालमा बढ्न थालेको छ । बाघ संरक्षण गर्ने अभियान चलेपछि वृद्धि भएको हो तर यसको चोरी–सिकार हुने क्रम भने कायमै छ । यसले बाघको संरक्षणमा चुनौती समेत देखिएको छ । नेपालमा तराईका जङ्गल, भित्रीमधेस क्षेत्र, चुरे र महाभारत क्षेत्रमा प्रशस्त पाइने पाटेबाघ लोप हुँदै बर्दिया, बाँके, चितवन लगायत पर्सा वन्यजन्तु आरक्षमा सीमित हुन पुग्यो । बाघको चोरी–सिकार, बासस्थान विनाश, आहारा प्रजातिमा कमी लगायत जमिनको खण्डीकरणका कारण बाघ लोप हुने क्रम बढेको पाइन्छ । सन् १९३० को दशकमा सोखका लागि गरिएका सिकार पनि बाघ लोप हुनाको प्रमुख कारण हो । विश्वमा पाइने नो प्रजातिका बाघमध्ये बाली, जाभा र क्यास्पियन प्रजाति लोप भइसकेका छन् । हाल विश्वमा विभिन्न प्रजाति गरी चार हजार २४० बाघ छन् । बाघ पारिस्थितिकीय प्रणालीको एक प्रमुख र स्वास्थ्य जङ्गलको सूचक मानिन्छ । पछिल्लो समय नेपालमा बाघ संरक्षणका लागि गरिएका प्रयासले बाघको सङ्ख्या वृद्धि हुन थालेको छ । सन् २०१३ को बाघ सर्भेक्षण अनुसार चितवनमा १२०, बर्दियामा ५०, शुक्ला फाँटामा १७, पर्सामा सात र बाँकेमा चार पाटेबाघ छन् । सन् २०१६ को बर्दियामा गरिएको बाघ अनुगमनबाट बाघको सङ्ख्या बढ्ने देखिन्छ । बाँके राष्ट्रिय निकुञ्ज स्थापनापछि बाघका लागि बर्दिया राष्ट्रिय निकुञ्ज थप प्रभावकारी बन्दै गइरहेको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापा बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप