सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माइक्रोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आइतबार, १२ असार २०७३, १० : ४९
आइतबार, १२ असार २०७३

राजविराज - पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–७ मा आईतवार सडक दुर्घटना हुँदा एक जनको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अनटेस्ट माईक्रोले विपरित दिशाबाट आउदै गरेको स७प ८६ नम्वरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक जिल्लाको वकधुवा ४ का ३५ वर्षिय मफरोज मिँयाको मृत्यु भएको हो ।

दुर्घटनामा घाईते भएका मियाँको उपचारका क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने माईक्रो भ्यान र चालक सुनसरीको ईनरुवा ९ निवासी दिपेन्द्र कट्वाल जिल्ला टूाफिक प्रहरी कार्यालय शम्भुनाथको नियन्त्रणमा रहेको ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप