सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भूकम्पपीडितका नाममा करोड बढी ठगी गर्ने पक्राउ

आइतबार, १२ असार २०७३, २० : ०२
आइतबार, १२ असार २०७३

काठमाडौँ - भूकम्पपीडितलाई विभिन्न मुलुक पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

अमेरिका, क्यानाडा र जापान पठाइदिने भन्दै ठगी गर्ने सिन्धुपाल्चोक चौतारा–८ का पुण्यप्रसाद दङ्गाललाई काठमाडौँबाट पक्राउ गरिएको हो ।

अभियुक्त दङ्गाललाई अरवीन्द योग आश्रम थानकोटमा लुकिरहेका अवस्थामा शनिबार पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब निरीक्षक डिल्लीराज पन्तले राससलाई जानकारी दिए ।

पक्राउ परेका अभियुक्तलाई आवश्यक कारबाहीका लागि आज महानगरीय प्रहरी परिसर पठाइएको उनले बताए । अभियुक्त दङ्गालका नाममा विभिन्न व्यक्तिबाट रु एक करोडभन्दा बढी ठगीका उजुरी परेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप