मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आलोचना भएपछि अख्तियारले सच्यायो विज्ञप्ती

आइतबार, १२ असार २०७३, २१ : २५
आइतबार, १२ असार २०७३
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डाक्टर गोबिन्द केसी प्रकरणमा निकालेको विज्ञप्तीमा उनको मानसिक उपचार गर्नुपर्ने उल्लेख गरेकोमा सो प्रति विरोध सुरु भएपछि एकाएक सच्याएको छ । अख्यिार प्रवक्ता कृष्णहरि पुस्करले निकालेको विज्ञप्तीमा ‘बारम्बार आफ्नो न्यूनतम् आचरण र जिम्मेवारीको दायराबाट बिमुख डा केसीको मानसिक उपचारको शीघ्रातीशीघ्र उचित व्यवस्थाका लागि समेत आयोग सरकारसँग आग्रह गर्दछ’, भनिएको थियो । तर त्यसको विरोध सुरु भएसँगै विज्ञप्ती सच्याएर ‘बारम्बार आफ्नो न्यूनतम् आचरण र जिम्मेवारीको दायराबाट बिमुख डा केसीको स्वास्थ्य उपचारको शीघ्रातीशीघ्र उचित व्यवस्थाका लागि समेत आयोग सरकारसँग आग्रह गर्दछ’, बनाइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप