मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

योगका माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ : लम्साल

बुधबार, १९ जेठ २०७३, ०५ : ४८
बुधबार, १९ जेठ २०७३

काठमाडौं–विगत तीन दशकदेखी पर्यटन क्षेत्रमा सक्रिय रहेका मोहन लम्सालको परिचय पर्यटन क्षेत्रमा जुन रुपमा स्थापित बनेको छ, सँगै समाजसेवामा पनि उनको उत्तिकै योगदान रहेको छ । विशेषतः नुवाकोटको तारुका लगायतका स्थानमा खानेपानी, स्वास्थ्य र शिक्षाको क्षेत्रमा लम्सालको उल्लेखनिय भूमिका रहँदै आएको छ ।

लम्साल नेपाल योगा एसोसिएसनका अध्यक्ष समेत हुन । पर्यटनसँग सम्बन्धीत संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)का पूर्व–कोशाध्यक्ष र महासचिवको भूमिकामा रहेर समेत पर्यटनमा योगदान पुर्याइसकेका लम्साल ठमेलस्थित मकालु एड्भेन्चर, ट्राभल एण्ड टुर्स तथा ठमेल इको रिर्सोटका सञ्चालक समेत हुन ।

विगत ३ वर्षदेखि भक्तपुरको तेलकोटमा ‘योगा रिट्रिट सेन्टर’ सञ्चालन गरिरहेका लम्साल पछिल्लो केही समययता ‘नेपाल योगा एसोसिएसन’ को अवधारणाका साथ उक्त संस्थामा निर्विरोध अध्यक्ष चुनिएसँगै पर्यटन र योगा सँगसँगै भन्ने नाराका कारण चर्चाको शिखरमा पुगेका छन् ।

चर्चा यसकारण पनि छ की, जुन २१ तारिकका दिन विशाल जनसमुदायका बीच पर्यटनमा योगको अवधारणा प्रस्तुत हुन गइरहेको छ, जुन सम्भवतः नेपालमै पहिलो पटक पर्यटन लक्षित योगा अभ्यासको सुरुवात भएको बताइएको छ । नेपालमा योगा अभ्याससँग सम्बन्धित थुप्रै संघसंस्था क्रियासिल भइरहेको अवस्थामा पर्यटनलाई लक्षित गर्दै उनी योगा आयोजनामा सक्रिय रुपमा लागिपरेका छन् ।

‘संयुक्त राष्ट्र संघले हरेक बर्ष २१ जुनलाई योग दिवस मनाउने गरेको छ । यद्यपी गत वर्षदेखि मात्रै विश्वव्यापी रुपमा योगा दिवस मनाउन स्वीकृती दिएसँगै ७० भन्दा बढि देशले योगा दिवस मनाए, र यो अहिले बढ्दो क्रममा छ । यही क्रममा विश्व योगा दिवसको अवशर पारेर ‘नेपाल योगा एसोसिएसन’ का माध्यमबाट पर्यटनमा नौलो अवधारणाका रुपमा योगालाई प्रवेश गराउन खोजेका हौं ।’ लम्सालले भने ।

यसभन्दा अघि पनि भक्तपुरको तेलकोटमा नेपाल योगा रिट्रिट नामक योग सिकाउने संस्था सञ्चालनमा छ । जुन ३ वर्षदेखि अलिहेसम्म निरन्तर चलिरहेको छ । सुरुका दिनमा संख्यात्मक रुपमा केही कमि जस्तो देखिएपनि पछिल्ला बर्षहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको एकदमै रुची देखिएको छ ।

योगामा रिट्रिट शब्दलाई प्रयोग गर्दै रात बिताउने सुविधासहित २ सय घण्टाको योग अभ्यास सञ्चालनमा छ । जहाँ अधिक विदेशी पर्यटकहरुको आर्कषण देखिन्छ ।

लम्सालले भने, ‘नेपाल आउने पर्यटकहरुलाई घुम्न मात्र होइन की मानसिक शान्तिको खोजीको अवसर पनि हामीले जुटाइदिएका छौं । जसले प्रत्येक ‘ट्रेकिङमा योगा र टुरमा योगा’ भन्ने नाराकै रुपमा प्रयोग गर्दै अगाडि बढिरहेको स्थिती हो । जुनरुपमा अहिलेसम्मको अनुभवले पर्यटकहरुको संख्यात्मक रुची र आगमनको अध्ययन गर्ने हो भने गौरवका साथ भन्न सक्छौ कि हामी यसमा सफल भएका छौ ।’

नेपालमा हिमालयहरुको प्रचुर खानी भएको कारणले पनि हिमालको चिसो हावामा बसेर योग गर्न पाउने स्थिति छ । योगका माध्यमबाट पर्यटन क्षेत्रको विकास र पर्यटकको आगमनमा वृद्धि र पर्यटकको नेपाल बसाई लम्ब्याउन योगले महत्वपूर्ण भूमिका खेल्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप