सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हर्जाडको उत्कृष्ट प्रदर्शनको मद्दतले बेल्जियम अन्तिम आठमा

सोमबार, १३ असार २०७३, ०६ : ५४
सोमबार, १३ असार २०७३

पेरिस - एडिन हर्जाडको उत्कृष्ट एक्लो गोलको गरेपछि बेल्जियमले हंगेरीमाथि ४—० को सहज जित निकाल्दै युरो २०१६ को अन्तिम ८ मा प्रवेश गरेको छ ।

चेल्सीका विंगरले आइतबार रातीको खेलमा उत्कृष्ट प्रदर्शन गरे । आफ्नो गोलका लागि दुई वटा हंगेरीका खेलाडीलाई छलाउँदै बल जाली चुमाए ।

यद्यपि, खेलमा बेल्जियमले अग्रता भने टोटनहमका टोबी आल्डरवियल्र्डको गोलबाट लिएको थियो । खेलको दोस्रो हाफमा मिचु बात्सुयीले अग्रता दोब्बर बनाए । त्यसको एक मिनेटपछि नै हजार्डले अर्को गोल थपे भने खेलको इन्जुरी समयमा यानिक कारास्कोले गोल गर्दै बेल्जियमलाई सहज जित दिलाए ।

प्रतियोगिताको दाबेदार मानिएको बेल्जियम सन् २०१४ विश्वकपमा भने राम्रो प्रदर्शन गर्न सकेको थिएन । सन् १९८० मा युरो कपको फाइनलमा पुगेको टोली पछि कै सशक्त मानिएको अहिलेको टोलीसँग आफूलाई ठूला प्रतियोगितामा साबित गर्न अहिले सुवर्ण अवसर रहेको छ ।

हिजोको खेलमा बेल्जियमले २५ पटक विपक्षीको पोष्टमा आक्रमण गरेको थियो ।

बेल्जियमले अब शुक्रबार वेल्सको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप