सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सहज जितसँगै जर्मनी क्वाटरफाइनलमा, स्पेन वा इटालीको सामना गर्ने

सोमबार, १३ असार २०७३, ०७ : १६
सोमबार, १३ असार २०७३

लिले - प्रतियोगिताको प्रमुख दाबेदार मानिएको विश्वविजेता जमर्नीले स्लोभाकियामाथि सहज जित निकाल्दै युरो २०१६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब जमर्नीको सामना स्पेन र इटालीबीचको विजेतासँग हुनेछ ।

जेरोम बोयटाङले जमर्नीलाई खेलको शुरुवातमै अग्रता दिलाए भने मारियो गोमेजले पहिलो हाफको अन्त्यतिर अग्रता दोब्बर बनाए । खेलको दोस्रो हाफमा जुलियान ड्रायक्सलरले अर्को गोल थपे ।

खेलको पहिलो हाफमा मेसुट ओजीलले पेनाल्टी मिस गरेका थिए ।

खेल अवधि भर आफ्नो पकड बनाएको जमर्नीविरुद्ध स्लोभाकियाका लागि जुराज कुकाले उत्कृष्ट अवसर पाए पनि म्यानुअल नुयरले उत्कृष्ट बचाउ गरे ।

तीन पटकको युरोपेली विजेता जमर्नीको खेल प्रतियोगिताकै उत्कृष्ट प्रदर्शन मध्ये एक थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप