मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्यूठानका ४७ प्रतिशत महिला घरमै सुत्केरी

सोमबार, १३ असार २०७३, ११ : ००
सोमबार, १३ असार २०७३
प्यूठान–सरकारी तथा गैरसरकारी संस्थाद्वारा सुरक्षित मातृत्व सम्बन्धी विभिन्न कार्यक्रम संचालन थुप्रै बजेट खर्च गरिए पनि प्यूठानका ४७ प्रतिशत महिला असुरक्षित रुपमा घरमै बच्चा जन्माउने गरेका छन् । गर्भवती महिलालाई स्वास्थ्य संस्थामै बच्चा जन्माउन पर्ने विभिन्न सचेतनामुलक कार्यक्रम त हुन्छन् तर भौगोलिक विकटता, कार्यक्रमको कम प्रभाव र अशिक्षाका कारणले यहाँका महिला असुरक्षित रुपमै सुत्केरी हुनु परेको हो । गर्भवती भए देखि एक हजार दिनसम्म महिलाहरुलाई लक्षित गरी सुनौला हजार दिनका कार्यक्रमले सकारात्मक प्रभाव पारे पनि स्वास्थ्य संस्थामा जानेको संख्यामा त्यति बढेको छैन् । जिल्लाका विभिन्न स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी, बर्थिङ सेन्टरको संख्यामा पनि बृद्वि भएको छ र स्वास्थ्यकर्मीहरुको पनि व्यवस्वथा गरिएको छ । आ.व. २०७०\०७१ को जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा २८ प्रतिशत (१ हजार ८ सय ५३) गर्भवती महिलाहरु मात्र स्वास्थ्य कर्मीहरुको निगरानीमा बच्चा जन्माउने गरेकोमा अहिले ठुलो संख्यामा बृद्धि भएको देखाएको छ । २०७१÷०७२ मा ४८ प्रतिशत (२ हजार १ सय ५४) गर्भवती र आ.व.०७२\०७३ को २०७३ बैशाख सम्म ५३ प्रतिशत (२ हजार ५सय ३९) गर्भवती महिलाहरु मात्र स्वास्थ्यकर्मीहको निगरानीमा बच्चा जन्माउने गरेका छन् । जिल्लामा भौगोलिक विकटता, यातायात सुविधामा कमी र जिल्लाका पिछडिएका वस्तीहरुमा अशिक्षाका कारण स्वास्थ्य संस्थामा जान नसकेको जिल्लाको पहिलो शुन्य होम डेलिभरी वार्ड घोषणा गर्न सफल वरौँला ८ कि पवित्रा जी.सी. बताउँछिन् । सरकारले अस्पताल बर्थिङ सेन्टरमा बच्चा जन्माउने महिलाका लागि यातायात खर्च वापत १ हजार रुपैया र न्याना कपडा तथा पूर्ण गर्भ जाँच विभिन्न चरण गरी चार पटक जाँच गर्ने महिलालाई थप चार सय दिने ब्यवस्था मिलाए पछि मात्र सिमान्तकृत समुदायमा महिलाहरु स्वास्थ्य संस्थामा आउन थालेका छन् । यी सेवा पाएपछी घरमा बच्चा जन्माउन महिलाको संख्या कमी हुंदै गएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी सकुन्तला सुवेदीले बताइन् । उनले भनिन–“ जिल्लामा जिरो होम डेलिभरी कार्यक्रम पनि सञ्चालन गर्न पहल भै रहेको छ । जिल्लाका उच्च पहाडी तथा कुनाकाप्चामा रहेका वस्तिका गर्भवती महिलाहरु स्वास्थ्य सेवाको पहुँच नहुंदा डेलिभरी मात्र होइन् अन्य इमर्जसीसेवाहरुबाट पनि उच्च जोखिममा छन् ।” जिल्लामा शल्यक्रिया सेवा सहितको प्रशुतिसेवा प्यूठान अस्पताल, २ वटा प्राथमिक स्वास्थ्य केन्द्र र गा.वि.स.हरुमा रहेका ४२ स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सुचारु भएका छन् । महिला स्वयम सेवक, राजनीतिक दल, आमा समुह लगायतले सचेतना अभियानसंगै सक्रियताका साथ भूमिका निर्वाह गरेका कारण स्वास्थ्य संस्थामा महिलाहरु आउन थालेको सुवेदीको भनाइ छ । प्यूठानका बरौँला, नारीकोट, बाँदीकोट, अर्खा, लगायतका गा.वि.स.का वार्डमा जिरो होम डेलिभरी वार्ड घोषणा गरी सकेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप