मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘कम्युनिष्ट आन्दोलनमा उदयपुर’ पुस्तक बजारमा

सोमबार, १३ असार २०७३, ११ : ०२
सोमबार, १३ असार २०७३
उदयपुर,-पूर्व सभासद मोहनबहादुर खत्रीले ‘कम्युनिष्ट आन्दोलमा उदयपुर’ नामक पुस्तक बजारमा ल्याएका छन । उदयपुरको कम्युनिष्ट आन्दोलनको इतिहासलाई समेटेर पूर्वसभासद खत्रीले आफ्नो पहिलो कृति बजारमा ल्याएका हुन । पहिलो संविधानसभामा नेकपा माओवादी उदयपुरको निर्वाचन क्षेत्र नम्वर ३ बाट निर्वाचित सभासद भएका खत्रीद्वारा लिखित पुस्तकले उदयपुरको कम्युनिष्ट आन्दोलनको विगतलाई समेटेको छ । पुस्तकवारे माओवादी केन्द्रका नेता राम कार्कीले उदयपुरको कम्युनिष्ट आन्दोलनबारेमा खत्रीको पुस्तक सन्दर्भ सामाग्री हुने बताए । नेता कार्कीले भने ‘कम्युनिष्ट पार्टीको चार दशक भएको संगठन, संर्घष, उपलब्धी, क्षति, नेतृत्व निर्माण र आन्दोलनको बिकासक्रम कसरी याँहासम्म आईपुगेको रहेछन भन्ने बारे प्रस्तुत पुस्तकले राम्ररी खोजी गरेको छ ।’ त्यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुस्तकबारे दिएको शुभकामनामा जनयुद्धको विकास र त्यसको उत्तरचढाव फौजी र गैर फौजी संर्घष एवंम समग्र प्रक्रियाबारे, तथ्यपुर्ण ढंगबाट प्रस्तुत उल्लेख छ । ‘जिल्लाको कम्युनिष्ट आन्दोलनको लागी मात्र नभएर नेपाली कम्युनिष्ट आन्दोलनकै लागी महत्वपुर्ण पाठ्सामग्री बन्ने पुगेको छ ’ प्रचण्डको शुभकामनामा छ । पुस्तककमा जनयुद्धको प्राआरम्भ, जनयुद्धमा जेलनेल, जनयुद्धमा घाईते तथा अपाँङ, उदयपुर जिल्लामा सहिद, क्रान्तकारीबीचको धुर्वीकरण, पार्टी विभाजन, दोस्रो संविधानसभाको चुनाव लगायतका शिर्षकमा समेट्ने प्रयास लेखक खत्रीको गरेको पाइन्छ । माओवादीको प्रआरम्भदेखि हालसम्म भएका माओवादी गतिविधिको सचित्र्र प्रस्तुत गरिएको यस पुस्तकमा उदयपुरका माओवादी आन्दोलन एउटा ऐना बनेको खत्रीको पुस्तक पढेका स्थानीय युवा रीता कटुवालले बताईन । ‘समग्रमा पुस्तक अध्यन गर्न लाईकै छ ।’ कटुवालले भनिन्, ‘यसमा उदयपुरको कम्युनिष्ट आन्दोलनभन्दा पनि माओवादी आन्दोलन भनेको भए अझ राम्रो हुने थियो । माओवादीका सानादेखी ठूला फौजी तथा गैर फौजीका लडाईका घट्नाहरु, माओवादी जनयुद्ध ध्वङस मात्र होईन निर्माणको पनि थियो भनेर पुस्तकले देखाएको कटुवालले पुस्तक पढेर बताएकी छिन् । बढी मात्रमा माओवादी राजनीतिकमा केन्द्रित रहेको पुस्तकले उदयपुरमा माओवादीको बिकासक्रम र यसको संर्घषबारेमा ऐना जस्तो छर्लङ बनाएको पुस्तकमा पाईन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप