मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

उदयपुरमा सिचाईको २ करोड बजेट

सोमबार, १३ असार २०७३, ११ : ०६
सोमबार, १३ असार २०७३

उदयपुर- सिचाई सुविधाको लागि उदयपुर जिल्लामा आगामी आर्थिक बर्षको बजेटमा दुई करोड ४ लाख विजियोजन भएको छ । माओवादी केन्द्रकी उदयपुरका सांसद भेषकुमारी राउत कोपिलाको निवेदनको आधारमा सिचाई मन्त्रायलयबाट उक्त बजेट विनियोजन भएको हो । आर्थिक बर्ष ०७३÷०७४ को लागि मन्त्रालयबाट कार्यान्वयहुने योजनाहरु नदि नियन्त्रण, मझौला नदि नियन्त्रण, भुमिगत स्यालो तथा डिप टयुववेल सिंचाइ आयोजना, मझौला सिंचाइ आयोजना अन्र्तगत क्रमागत उपयोजना, पहिरो व्यवस्थापन कार्य, बस्ती–टार बजार संरक्षण कार्य लगाएतका कार्यक्रमको लागि बजेट विनियोजन भएको सांसद राउतले बताईन । सांसद राउतले भनिन् ‘ मझौला नदि नियन्त्रणा तावा खोला नियन्त्रण र यारी खोला नियन्त्रणको लागि ५०÷५० लाख छुट्याईएको छ ।’ राउतले दिएको जानकारी अनुसार, ५ लाख लागत रहेका नदी नियन्त्रण योजनाहरुमा सुरीटार बाँध निर्माण त्रियुगा नगरपालिका १२, द्वाराखोला नियन्त्रण, पशु हटिया र वेल्टार बजारको शिरान वेवनपा १, फार्सेट खोला नियन्त्रण वनक्वाटार देखि देवि स्थान सम्म, बुर्जा मगरको घर दक्षिण बेल्टार जाने बाटोसम्म असारी खोला नियन्त्रण, त्रिनपा. ४ मा रहेका छन् । मर्मत सम्भार आयोजनाहरुमा चाम्वोटे वान्डाँडा सिं. यो. हर्देनी १ मा ३ लाख, गडमे कुलो मर्मत रिस्कु, ३, ६, र ७ मा २ लाख, मरुवा खोला सिंचाइ योजना, कटारी नपा ९ मा २ लाख, गँरासे घर्तेनी जाल्मे, शिखरपुर सिचाँई योजना रौता ९ मा ४ लाख, लिम्पाटार पोखरी सिचाँइ योजना लिम्पाटार १,४ सम्म ९ लाख लागतका योजनाहरु रहेका छन् । यसै भुमिगत स्यालो तथा डिप टयुववेल सिंचाइ आयोजनामा रिकु ७ धापर डिप टयुववेल सिंचाइ प्रणली १८ लाख लागतको छ । मझौला सिंचाइ आयोजना अन्र्तगत क्रमागत उपयोजनाहरुमा ३ लाखका तीन वटा योजनाहरु छन् । जसमा उत्तरी तावा सिंचाइ योजना कटारी ८ र ७ अनि ९ र ८ पनि शिशुवा खोला कटारी सिंचाँई योजना भोर्ले कटारी नपा लगायत रहेका छन् । यसैगरी तावाखोला दक्षिण सिंचाइ योजना, कटारी नपाको भोर्ले देखि गराससम्म १० लाख लागतको, सिवाँइ खोला सिंचाइ योजना, सुन्दरपुर १ देखि ९ मा १० लागत रकम आउने भएको छ । बस्ती–टार बजार संरक्षण कार्यका ५ लाखे दुई योजनाहरु छन् । जसमा तावा रैतिमा दोभान जरुवा संरक्षण, वर्रे र काली खोला नियन्त्रण तथा वसपार्क संरक्षण त्रिनपाको वसपार्क छन् । यसैगरी पहिरो व्यवस्थापन कार्यमा ५ लाखे योजनमा लप्से खोला बाढी पहिरो नियन्त्रण, मयाँखु १ र जरुवा पहिरो नियन्त्रण, रामपुर ठोक्सिला ७ मा रहेको मन्त्रालयले जनाकारी दिएको छ । सिँचाईको समस्या झेल्दै आएको उदयपुरमा यसवर्षको बजेटले भने राहतको काम गरेको छ । स्थानीय जनताको लगातारको पहलपछि जिल्लामा नदी नियन्त्रण, बाटो, सिँचाईलगायतका योजनाहरु बजेटमा परेका हुन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप