मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

लुटेर भाग्दै गरेका दुई डाँका पक्राउ

सोमबार, १३ असार २०७३, ११ : ४२
सोमबार, १३ असार २०७३
जलेश्वर, असार १३–पर्सा देवाड १ स्थित सडकमा ५–६ जना हतियारधारीको समुहले शनिवार राती ९ः३० बजे गौशाला १० का कालिया भन्ने भविछन् महतोलाई लुटेर भाग्ने क्रममा सोहि समुहबाट २ जना हतियार सहित श्रीपुर ७ को सडकमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार महतोबाट अपराधीहरुले हतियार देखाई नगद रु.५५,०००।–, चाँदीको ब्रास्लेट , सुनको हनुमानी, मोवाइल थान २ लुटेर भागेकोमा सो समुह मध्ये दुई जना प्रहरी नियन्त्रणमा आएपनि लुटिएको सामान लिएर अरु अपराधी भाग्न सफल भएको प्रहरीले जनाएको छ । प्रहरीले काठको विड भएको कटुवा पेस्तोल एक थान,सो मा प्रयोग हुने गोली एक थान,चक्कु एक थान,फलामको रड एक थान,टर्च र सौफी रक्सीको पाउच सहित भारत जिल्ला सितामाढी थाना बेला ग्राम पंचायत बेथा वडा नं.५ बस्ने बर्ष ३० को अनवारुल साह र श्रीपुर २ वस्ने वर्ष ४१ का वकिल साहलाई शनिवार राती नै नियन्त्रणमा लिई आईतवार जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो । जिप्रकाले डाका र हातहतियार मुद्दामा अनुसन्धानको लागि अदालतबाट सात दिनको म्याद लिएर उनीहरुसंग सोधपुछ सुरु गरेको छ । महोत्तरीमा केहि महिना देखि प्रहरी सकृय भई आपराधिक कृयाकलाप गर्नेहरु उपर कडा निगरानी राख्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप