मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

राप्रपा नेपाल मोरङ अध्यक्षमा आचार्य

सोमबार, १३ असार २०७३, १३ : ०८
सोमबार, १३ असार २०७३

मोरङ– राप्रपा नेपाल मोरङको अध्यक्षमा माधव आचार्य विजयी भएका छन् । रातभर भएको मतगणना आज बिहान सकिएको थियो । निर्वाचन आयोगले माधव आचार्य दुई सय ४१ मत प्राप्त गरी विजयी भएको घोषणा गरिएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी मोक गौतमले १०८ मत प्राप्त गर्नुभयो । त्यसैगरी अध्यक्षका उम्मेदवारहरु डा दुर्गा अधिकारीले ७३ मत, उद्धव दाहालले ४९ मत प्राप्त गर्नुभएको सो निर्वाचन समितिका संयोजक एवम् अधिवक्ता उद्धवचन्द्र घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार ५० जना जिल्ला सदस्यका उम्मेदवारको मतगणना भइरहेको छ । सो अधिवेशनको उद्घाटन राप्रपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले आइतबार उद्घाटन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप