मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बस पल्टिँदा १६ यात्रु घाइते

सोमबार, १३ असार २०७३, १३ : २८
सोमबार, १३ असार २०७३

दमौली– पोखरादेखि वीरगन्जतर्फ जाँदै गरेको ना५ ख ६४२७ नम्बरको यात्रुवाहक बस घाँसीकुवा–१ बेलवासमा पल्टिँदा १६ जना यात्रु घाइते भएका छन् ।

आज बिहान भएको घटनाका घाइतेलाई डुम्रेमा रहेको लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको छ । प्रहरीका अनुसार तीव्र गतिमा गुडेको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको छ । बसका चालक प्रहरीको नियन्त्रणमा आइसकेकोले अनुसन्धान भइरहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप