मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘नक्कली आमा’ द्वारा २ किशोरीलाई भारत लैजाने प्रयास

सोमबार, १३ असार २०७३, १३ : ३३
सोमबार, १३ असार २०७३
कञ्चनपुर– पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारततर्फ लैजाँदै गरेका तीन किशोरीको आज माइती नेपाल, कञ्चनपुरले उद्धार गरेको छ । सुर्खेतका दुई र कैलालीका एक गरी तीन किशोरीको सीमा नाकाबाट उद्धार गरिएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताइन् । फूपू र दिदी नाता पर्ने दुई जनाले नक्कली आमा बनेर किशोरीहरुलाई भारततर्फ लैजाँदै गरेका बेला उद्धार गरेका हौँ, उनले भनिन् – “सोधपुछका क्रममा किशोरीहरुलाई विद्यालयबाटै भगाएर भारततर्फ लगेको पत्ता लागेको छ ।” उद्धार गरिएका किशोरीलाई माइती नेपालको संरक्षणमा राखिएका छन् । नक्कली आमा बनेर किशोरीलाई भारततर्फ लैजाने कार्यमा संलग्न दुई महिला प्रहरी नियन्त्रणमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप