मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा दुईको मृत्यु

सोमबार, १३ असार २०७३, १३ : ४१
सोमबार, १३ असार २०७३

झापा - पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड–१ रामचोक सडकखण्डमा भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा धरमपुर–६ का ३१ वर्षीय राजु आचार्य र बिर्तामोड–२ का ३३ वर्षीय पुकार गिरी गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

रामचोक सडकखण्डमा गएराति पश्चिमतर्फ आइरहेको को९प ६८४९ नंको मोटरसाइकलले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आइरहेको मे१ख १९०६ नम्बरको बसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

सो क्रममा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएकामा आचार्यको आइतबार राति नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै, सोही मोटरसाइकलमा पछाडि सवार गिरी गम्भीर घाइते भएको र उनको बिर्तामोडस्थित बि एन्ड सी हस्पिटलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभयो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप