मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

साझामा तनावः संस्था डुबाउन खोजिएको भन्दै कर्मचारी आन्दोलित

सोमबार, १३ असार २०७३, १४ : २४
सोमबार, १३ असार २०७३

काठमाडौं– कर्मचारीको हित विपरितको गतिविधिमा सञ्चालक समिति लागिपरेको भन्दै साझ प्रकाशनका कर्मचारीहरुले विरोध गरेका छन् । कर्मचारीहरुले खराब नियत भएका सञ्चालक समितिका पदाधिकारीहरुको कारण साझा धरासायी भएको भएको भन्दै त्यसविरुद्व पुल्चोकस्थित कार्यालयमा सोमबार धर्ना समेत दिएका छन् । कर्मचारीहरुको तलब सुविधा समयमा दिइनुपर्ने, संस्था सञ्चालन पारदर्शी हुनुपर्ने, हालै ल्याइएको कर्मचारी विरोधी नियमावलीको खारेज गरिनुपर्ने लगायतका मागहरु आफूहरुको रहेको कर्मचारी होम भट्टराईले जानकारी दिए ।

उनले नयाँ ल्याइएको नियमावलीले कर्मचारीको हित प्रतिकूल रहेको भन्दै त्यसले गर्दा लामो समय काम गरेका कर्मचारीले पनि जुनसुकै बेला जागिरबाट हात धुनुपर्ने अवस्था निम्तिएको दाबी गरे ।

कर्मचारीहरुले साझालाई धरासायी बनाउन महाप्रबन्धक डोलेन्द्र प्रसाद शर्मा नै लागिपरेको तथा सञ्चालक समितिका सदस्यहरु दिनानाथ शर्मा र हरिहर खनाल पनि डोलेन्द्रकै पक्षमा लागिपरेको आरोप लगाएका छन् ।

कर्मचारीहरुका अनुसार डोलेन्द्रको आफ्नै नीजि पब्लिकेशन रहेको छ जुन नियमविपरित रहेको उनीहरुको भनाई छ । साझाको पद धारण गरेका व्यक्तिले बाहिर नीजि पब्लिकेशन खोल्न नपाउने भएपनि उनले श्रीमतिको नाममा दर्ता गरेर सञ्चालन गरेको कर्मचारी भट्टराईले बताए ।

कर्मचारीहरुले आफूहरुले पहिलो चरणमा सामान्य खबरदारी मात्रै गरेको तर माग पूरा नगरिए कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

यसबारे आफूहरुले सञ्चालक समितिमा पटक पटक कुरा राखेको भएपनि कुनै सुनुवाई नभएको कर्मचारीहरुको भनाई छ । राजनीतिक हस्तक्षेपका कारण धरासायी हुँदै गएको साझा प्रकाशनमा हाल १९७ जना कर्मचारी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप