मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सुनको फेरि २ सय महंगियो

सोमबार, १३ असार २०७३, १४ : २८
सोमबार, १३ असार २०७३
काठमाडौ–सुनको भाउ सोमवार फेरी प्रतितोला दुई सय रुपैयाँ महंगिएको छ । आज छापावाल सुन प्रतितोला ५८ हजार ७ सय र तेजावी सुन ५८ हजार ४ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ । शुक्रवार एकैदिन ५९ हजार रुपैयाँ पुगेको सुन आइतवार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय वजारमा निर्भर हुने भउकाले नेपाली बजारमा पनि भाउ वढेको हो । भाउ बढेपछि सुन खरिद गर्नेको संख्या ह्वात्तै घटेको छ । यस्तै, सोमवार चाँदी प्रतितोला ८ सय १५ रुपैयाँमा कारोवार भैरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप