मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

टिभीएसको ‘प्रडक्ट ट्रेनिङ प्रोग्राम’ सम्पन्न

सोमबार, १३ असार २०७३, १४ : ३८
सोमबार, १३ असार २०७३

काठमाडौ–शंकर ग्रुपको सहायक कम्पनीको रुपमा स्थापित जगदम्बा मोटर्स टिभीएस मोटर कम्पनीले आफ्ना उत्पादन ‘टीभीएस एक्सएल–१००’ तथा ‘टिभीएस भिक्टर’लाई लक्षितगरि दुई दिने ‘प्रडक्ट ट्रेनिङ प्रोग्राम’ सम्पन्न गरेको छ ।

आन्तरिक कर्मचारीकालागि लक्षित गरेर असार ९ र १० गते चितवनस्थित होटल रेड कार्पेटमा सम्पन्न भएको हो । कार्यक्रममा १ सय १० सहभागीले दुई पाङ्ग्रे सवारीसाधनको बारेमा ज्ञान लिएका थिए । कार्यशालाका सहभागीलाई टिभीएस मोटर कम्पनीका सहायक व्यवस्थापक एसपी कृष्णाले प्रडक्ट र जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले सेल्समा प्रशिक्षित गरेका थिए । साथै, कम्पनीले दुई पाङ्ग्रे मालगाडीको रुपमा हालैमात्र सीट सहितको नयाँ ‘टिभीएस एक्सएल –१००’ बजारमा ल्याएको छ । ग्यासको सिलिण्डर, पानीको जार, खाद्यान्नका क्रेट लगायत ओसारपसार गर्न मिल्ने खालको सो सवारी किफायती रहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप