मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

२३७ सहकारीलाई कारबाही

सोमबार, १३ असार २०७३, १६ : ४५
सोमबार, १३ असार २०७३
लहान– सहकारी डिभिजन कार्यालयले समयमा लेखा परीक्षण प्रतिवेदन नबुझाउने सिरहा र सप्तरीका २३७ सहकारी संस्थालाई कारबाही गरेको छ । आव २०७१/७२ को लेखा परीक्षणका लागि स्वीकृति नलिएको भन्दै डिभिजन सहकारी कार्यालयले सिरहाका १२७ र सप्तरीका ११० सहकारी संस्थालाई कारबाही गरेको छ । सहकारी संस्थामाथि गरिएको जरिवानाबाट चालु आव २०७२/७३ मा रु एक लाख सात हजार राजस्व सङ्कलन भएको डिभिजन सहकारी संस्थाका प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिनुभयो । समयमा लेखा परीक्षण स्वीकृति नलिने सहकारी संस्थाबाट रु एक हजार ५०० सम्म जरिवाना तिराउन सक्ने कानुनी व्यवस्था छ । आव २०७०÷७१ मा कार्यालयले समयमा लेखा परीक्षण स्वीकृति नलिने सिरहा र सप्तरीका ७३ सहकारी संस्थाबाट जरिवानास्वरुप रु ७२ हजार ५०० राजस्व सङ्कलन गरेको थियो । सिरहामा सात सय र सप्तरीमा ५५० सहकारी संस्था दर्ता रहेको सहकारी डिभिजन कार्यालयले जनाएको छ । दर्ता गराएर पनि लामो समयसम्म कुनै कारोबार नगरेको भन्दै सिरहाका १२ र सप्तरीका १८ वटा सहकारी संस्थाको दर्ता खारेज गर्ने प्रक्रिया सुरु गरेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप