मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बैंक तथा वित्तीय संस्थाप्रति लगानीकर्ता ओइरिए, नेप्सेमा नयाँ रेकर्ड

सोमबार, १३ असार २०७३, १६ : ४८
सोमबार, १३ असार २०७३
काठमाडौँ– बैंक तथा वित्तीय संस्थाप्रति लगानीकर्ता ओइरिएपछि सेयर बजारमा बढोत्तरी भएको छ । सेयर बजारको मापक निकाय नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ३६ अङ्कले बढेको छ । एक हजार ६९३ बिन्दुबाट सुरु भएको नेप्से आज एक हजार ७२१ बिन्दुमा पुगेको छ । विशेष गरी बैंक समूह आज चार प्रतिशतले बढेको छ । राष्ट्रिय बिमा संस्थानमा लगानी गर्नेले आज सबैभन्दा बढी कमाएका छन् । बिमा संस्थानको सेयर १० प्रतिशतले बढेको छ भने सेन्चुरी बैंकको पनि १० प्रतिशतले नै बढेको नेप्सेका सहप्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । जेविल्स फाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक, सिटिजन बैंक, लुम्बिनी बैंकको सेयर समान आठ प्रतिशतले बढेको छ । त्यसैगरी युनाइटेड फाइनान्स र सनराइज बैंक सात सात, गण्डकी विकास बैंक र सानिमा बैंकको सेयर छ छ प्रतिशतले बढेको छ । आज कुल कारोबार रकम रु एक अर्ब ७३ करोडको भएको छ भने ४९ लाख २५ हजार कित्ता सेयर किनबेच भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने जनाइरहेका बेला सेयर बजारमा उछाल आएको अनुमान गरिँदै आएको छ । अघिल्ला दिनमा बिमा समूहको दबदबा रहेको बजारमा आज भने सो समूह सामान्य रुपमा घटेको हो । नेप्सेका अनुसार बिमा समूह १।०१ प्रतिशतले कमी आएको छ । जलविद्युत् समूहमा भने ०.५८ प्रतिशतले बढोत्तरी भए पनि त्यसले बजारमा प्रभाव पारेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप