मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मोटरसाइकलमा कर बृद्धि : विरोधमा अर्थमन्त्रीको पुत्ला दहन

सोमबार, १३ असार २०७३, १७ : ०७
सोमबार, १३ असार २०७३

परासी– मोटरसाइकलमा सरकारले चर्काे कर बृद्धि गरेको भन्दै परासीका स्थानिय युवाहरुले विरोधमा आज अर्थमन्त्री विष्णु पौडेलको पुतला दहन गरेका छन् । नवलपरासी सदरमुकाम परासीका स्थानिय युवा रामभवन यावदको नेतृत्वमा युवाटोलीले सरकारले साउन १ गतेदेखि लागु हुने गरि मोटरसाईकलमा बढाईएको करको फिर्ता माग गर्दै परासी बजारमा अर्थमन्त्री पौडेललको पुतला दहन गरेका हुन् ।

जिल्ला प्रशासान कार्यालयबाट विभिन्न नाराका प्लेकार्ड सहित निकालिएको विरोध ¥याली बुद्धचोकमा आएर एक कोणसभामा परिणत भएको थियो । युवाहरुद्धारा बुद्धचोकमा अर्थमन्त्री मुर्दाबाद, बृद्धि कर फिर्ता ले, जनता मार्न पाईदैनलगायतका विभिन्न नाराबाजी गरिदै अर्थमन्त्री पौडेलको पुतला दहन गरिएको थियो । सवारी साधनमा सरकारले १ सय २५ सिसीसम्मको मोटरसाईकलमा १० हजार, १२६ देखि १५० सम्मसिसीलाई १२ हजार, १५१ देखि ४०० सिसीसम्मलाई १५ हजार र ४००भन्दामाथिका लाई २० हजारसम्म राजस्व वृद्धि गरेको यातायात व्यवस्था कार्यालय लुम्बिीले बताएको छ । त्यस्तै चार पांग्रे भ्याईकलहरुमा १ हजार सिसीसम्मका सवारीलाई १९ हजार, १ हजारदेखि १५०० सयसम्म सिसीलाई २१ हजार, १५०१ देखि २००० सम्म सिसीलाई २३ हजार, २००१देखि २५००सम्म सिसीलाई ३२ हजार, २५०१देखि २९ सयसम्म सिसीलाई ३७ हजार, २९०१देखि माथिसीसीका लाई ५३ हजारसम्म राजस्व तोकेकोे कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप