मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

७७ लाख ठगेपछि नक्कली लालपुर्जा थमाउने प्रहरी फन्दामा

सोमबार, १३ असार २०७३, १७ : ११
सोमबार, १३ असार २०७३

काठमाडौं–पुतलिसडकका मनोज कुमार श्रेष्ठलाई अनेक बहानामा ७७ लाख ठगेपछी बाराको टोकनी गाविसमा रहेको १९ आना जग्गाको नक्कली लालपुर्जा थमाउने तिर्थमान तामाङलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका स्थित पुतलिसडक घर भएका मनोज कुमार श्रेष्ठ र काभ्रेको जैसिमण्डन गाविस स्थायि घर भएका तिर्थमान तामाङबिच २०६४ सालमा चिनजान भएको थियो । तामाङ कपन बस्थे, श्रेष्ठ ललितपुरको लुभु बस्दै आएका थिए । चिनजानपछि तिर्थमानले बालुवा खानिमा लगानी गरौं भन्दै श्रेष्ठको नाममा रहेको पुतलिसडकको घर बैंकमा धितो राखेर ३३ लाख लोन लिन आग्रह गरे । श्रेष्ठको घर धितो राखेर लिएको लोन तामाङले डिस्टी कन्स्ट्रक्सन कम्पनीमा लगानी गर्न भने । त्यसपछि दुवै जना मिलेर ट्राभल्स चलाऔं भन्दै लामाले स्मृति ट्राभल्स एण्ड टुर्स दर्ता गरेर श्रेष्ठलाई विश्वासमा लिए । मनोजलाई विश्वासमा लिएपछी तिर्थमानले पटक–पटक गरि उनिसँग ७७ लाख ८५ हजार रुपैयाँ ठगि गरेको खुल्न आएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । लाखौं रुपैयाँ लिएको लामो समयसम्म फिर्ता नगरेपछी श्रेष्ठले तिर्थमानसँग पैसा माग्न थाले । उनले लगातार पैसा माग्न थालेपछी बारा रामपुर टोकनी गाविसको ११ वटा कित्ता १९ आना ५ दाम चार पैसा क्षेत्रफलको जग्गाधनि प्रमाण पुर्जा ल्याई यो जग्गा ट्राभल्सको नाममा छ तपाईलाई पास गरिदीन्छु भन्दै आश्वस्त पारे । मनोज जब सो जग्गाको बारेमा बुझ्न भन्दै बारा पुगे, त्यसपछी थाहा लाग्यो, ‘जग्गाको लालपुर्जा नक्कली रहेछ ।’ यसरी नक्कली लालपुर्जा थमाएर लाखौं ठग्ने तिर्थमान तामाङलाई सोमबार काठमाडौंबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप