मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

युरोकपको उपाधि दाबेदार इंल्याण्ड बाहिरियो, आइसल्याण्ड इतिहास रच्न सफल

मङ्गलबार, १४ असार २०७३, ०८ : २४
मङ्गलबार, १४ असार २०७३
काठमाडौं, असार १४– आइसल्याण्ड इंल्याण्डलाई पराजित गर्दै युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । युरोपकमा पहिलो पटक सहभागिता जनाएको उसले इंल्याण्डलाई २–१ ले पाखा लगायो । इतिहास रच्ने क्रममा आइसल्याण्डका सेगुएडर्सन र सिगोर्थनले गोल गरे । खेलको छैटौं मिनेटमा आइसल्याण्डका सेगुएडर्सनले पहिलो गोल गरे भने १८ औं मिनेटमा सिगोथर्सनले विजयी गोल ठोके । तर, खेलमा सुरुवाती अग्रता भने इंग्ल्याण्डले लिएपनि त्यसलाई कायमै राख्न सकेन । चौथो मिनेटमै पेनाल्टी गोलमार्फत कप्तान वाइन रुनीले गोल गर्दै इंल्याण्डलाई सुरुवाती अग्रता दिलाएका हुन् । पहिलो हाफमै २–१ ले पछि परेको उपाधिको दाबेदार मानिएको इंग्ल्याण्डले राम्रो प्रदर्शन गरेपनि गोल भने गर्न बाट चुक्दा प्रतियोगिताबाटै बाहिरियो । आइसल्याण्डले अब सेमिफाइनल प्रवेशका लागि फ्रान्ससँग खेल्नेछ । यसैबीच इंल्याण्डका प्रशिक्षक रोय हर्डसनले राजीनामा दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप