मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बाहिरियो स्पेन, इटालीको बदला

मङ्गलबार, १४ असार २०७३, ०७ : २८
मङ्गलबार, १४ असार २०७३
पेरिस – साविक बिजेता स्पेन फ्रान्समा जारी युरोकपबाट बाहिरिएको छ । सोमबार राती क्वाटरफाइनल प्रवेशका लागि भएको खेलमा इटालीसँग २–० ले पराजित हुँदै स्पेन युरोकपबाट बाहिरिएको हो । हारसँगै उपाधिमा ह्याट्रिक गर्ने स्पेनको सपना चकनाचुर बन्न पुग्यो । पहिलो हाफको ३३ औं मिनेटमा स्पेनले पहिलो गोल खान पुग्यो । इटालीका चेइलिनीले स्पेनविरुद्ध आकर्षक गोल गरे । त्यसपछि दवावमा परेको स्पेनले गोल फर्काउने प्रयास गर्दागर्दै इन्जुरी समयमा अर्को गोल खान पुग्यो ।खेलको ९२ औं मिनेटमा पेलेले गोल गरेका हुन् । जितसँगै सन् २०१२ को युरोकपको फाइनलमा आफूलाई हराएको बदला इटालीले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप