मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

विद्यालय जाँदा शिक्षकले झोला बोक्नैपर्ने

मङ्गलबार, १४ असार २०७३, १२ : ३७
मङ्गलबार, १४ असार २०७३

गोरखा– गोरखाका सरकारी विद्यालयमा पढाउँदै आएका शिक्षकले विद्यालय जाँदा अनिवार्यरुपमा झोला बोक्नुपर्ने भएको छ ।

शिक्षकले दिनहुँ विद्यालय पोसाक र शैक्षिक सामग्री भएको झोला बोक्न जिल्ला शिक्षा कार्यालयले निर्देशन दिएको हो ।

डायरी, सन्दर्भ सामग्री र आवश्यक शैक्षिक सामग्री राख्न सजिलो बनाउन शिक्षकलाई झोला दिइएको जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले बताए । विद्यालयमा शिक्षाको गुणस्तर उकास्न शैक्षिक सामग्रीको प्रयोग र विषयवस्तुप्रति पूर्वतयारीका लागि आवश्यक सामग्री राखेर झोला बोक्न लगाइएको हो ।

विद्यार्थीको गुणस्तर सुधारका लागि विनियोजन गरिएको बजेटले शिक्षकले झोला खरिद गर्न पाउने सुवेदीको भनाइ छ । विद्यालयले पाउँदै आएका शैक्षिक अनुदान र प्रशासनिक खर्चबाट पनि झोला खरिद गर्न सकिने उनले बताए । विद्यालयका प्रअहरुले झोला खरिद गरेर सबै शिक्षकलाई वितरण गर्न सुरु गरेका छन् ।

“शैक्षिक सामग्री राख्न झोला वितरण गरेपछि बिनातयारी कक्षाकोठामा जाने शिक्षक निरुत्साहित हुन्छन् र शिक्षाको गुणस्तर बढ्छ भन्ने हाम्रो विश्वास छ” – जिशिअ सुवेदीले भने । शिक्षकले झोला बोके÷नबोकेको र आवश्यक शैक्षिक सामग्री, सन्दर्भ सामग्रीको प्रयोग गरे÷नगरेको अनुगमन गरिने शिक्षा कार्यालयले जनाएको छ ।

गोरखाका चारसय ५७ वटा सरकारी विद्यालयमा दुई हजार छ सय २३ जना शिक्षक कार्यरत रहेका छन् । झोला बोकेपछि शिक्षक थप जिम्मेवार हुन्छन् भन्ने अपेक्षा गरिएको जिशिअ सुवेदीको तर्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप