मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

१५ लाख मुल्य बराबरको यार्सागुम्बा सहित एक जना पक्राउ

मङ्गलबार, १४ असार २०७३, १२ : ५१
मङ्गलबार, १४ असार २०७३

दाङ–करिब १५ लाख मुल्य बराबरको यार्सागुम्बा सहित तुलसीपुरमा एक जना पक्राउ परेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । अबैध रुपमा ल्याएको यार्सागुम्बा (जडीबुटी) लुकाइएछिपाइ राखेको भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरीले बर्दियाको कालीका ५ निबासी ५१ बर्षका कर्ण सुनारलाई सोमबार बेलुकी पक्राउ गरेको हो । तुलसीपुर ६ हात्तीखौवा भन्ने स्थानमा कोठाभाडा लिएर बस्दै आएका सुनारलाई ९ सय २० ग्राम अबैध यार्सागुम्बा सहति पक्राउ गरिएको इलाका प्रहरीकार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् । प्रहरीले थप अनुसन्धान थालेको छ । पक्राउ परेका सुनार सहति यार्सागुम्बालाई धनौरी सेक्टर वन कार्यालय तुलसीपुरमा बुझाइने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप