मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पूनःनिमार्णको मुद्दालाई दलहरुले राजनीतिकरण गरे : मन्त्री गजुरेल

मङ्गलबार, १४ असार २०७३, १३ : ०२
मङ्गलबार, १४ असार २०७३

भक्तपुर – कृषि मन्त्री हरिबोल गजुरेलले भूकम्पपछिको पूनःनिमार्णको मुद्दालाई दलहरुले राजनीतिकरण गर्नाले ढिलासुस्ती भएको बताएका छन् । रफत सञ्चार क्लबले मड्डलबार आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै उनले भने ‘साझा अवधारण बनाउने भन्दा पनि प्राधिकरणमा राजनीतिक भर्ती गरेकै कारण काममा ढिलासुस्ती भएको हो ।

राजनीतिक अस्थिरताका कारण बैज्ञानिकरु विदेश पलायन भएको र राष्ट्रिय सहमतीको सरकार निमार्णसँगै अस्थिरता कमी हुने समेत मन्त्री गजुरेलले बताए ।

‘विदेशिन बाध्य भएका युवाहरुलाई स्वदेशमै कृर्षि क्षेत्रमा काम गरि जीवन जोहो गर्न सक्ने वातारण तयार पार्न सरकार लागि परेको छ,’ मन्त्री गजुरेलले भने ।

छिट्टै राष्ट्रिय सहमतीको सरकारको निमार्ण हुने भन्दै मन्त्री गजुरेलले जसको नेतृत्वमा भए पनि राष्ट्रिय सरकार अपरिहार्य भएको बताए । कार्यक्रममा बोल्दै मन्त्री गजुरेलले भने ‘सरकारले तोकेको समयमा निर्वाचन गर्ने वातावरण तयार भइनसकेको छ’ ।

मधेश अन्दोलनको जायज माग सम्बोधन गरि तोकेकै समयमा निर्वाचन गर्नु पर्नेमा उनले जोड दिएका छन् ।

सरकारकै संरक्षणमा कालोबजारी भएको भन्दा पनि राजनीतिक दलहरुको संरक्षणकै कारण कालोबजारी मौलाएको गजुरेलको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप