मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सुनको भाउ तोलामा ४ सय घट्यो

मङ्गलबार, १४ असार २०७३, १३ : १९
मङ्गलबार, १४ असार २०७३
काठमाडौ–अन्तर्राष्ट्रिय बजार मुल्यमा आएको वृद्धिसँगै नेपाली बजारमा पनि लगातार वढेको सुनको भाउ मंगलवार भने प्रति तोला ४ सय रुपैयाँ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोता ५८ हजार ३ सय र तेजावी सुन प्रति तोला ५८ हजार ५० रुपैयाँमा कारोवार भइरहेको छ । सोमवार छापावाल सुन प्रतितोला ५८ हजार ७ सय र तेजावी सुन ५८ हजार ४ सय ५० रुपैयाँमा कारोवार भएको थियो । शुक्रवार एकैदिन ५९ हजार रुपैयाँ पुगेको सुन आइतवार ५ सय रुपैयाँ घटेको थियो । चाँदी प्रतितोला ८ सय १५ रुपैयाँमा कारोवार भैरहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप