मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रहरीकै मिलोमतोमा बालुवा र गिटी भारततर्फ तस्करी

मङ्गलबार, १४ असार २०७३, १४ : ४०
मङ्गलबार, १४ असार २०७३

वीरगञ्ज– पर्साको ग्रामिण भेगका खोलाहरुबाट बालुवा र गिटी उत्खनन गरि भारततर्फ तस्करी गर्ने क्रम बढेको पाइएको छ । शंकरसरैया गाबिसमा पर्ने भलुवाही खोलाबाट मात्रै दैनिक एक सय भन्दा बढि ट्याक्टर गिटी र बालुवा भारत तर्फ तस्करी भइरहेको स्थानीयवासीको भनाइ छ । पर्साको ग्रामीण क्षेत्रमा रहेका खोलाहरुबाट कारोबारीहरुले गिटटी र बालुवा उत्खनन् गरि पिडारीगुठी, जानकीटोला, सम्भौता, भिस्वा, जयमंगलापुर लगायतका नाका हुदै भारतको ईनरवा, सिकटा, मैनाटाड, भंगाहा, प्रसुतीपुर, बल्थर , बेतिया , नरकटियागन्ज लगायतका बजारमा लगेर बिक्रि गर्दै आएका छन् ।

यस्तै मकवानपुरको हेटौडा ,बाराको अमलेखगन्ज र छातापिपरामा रहेका क्रसर उद्योगहरुबाट पनि कारोबारीहरुले गिटटी टयाक्टरमा लोड गरेर भारत तर्फ तस्करी गर्दै आएका छन् । मकवानपुर र बाराका क्रसर उद्योगहरुबाट ट्रिपर मार्फत गिटटी ल्याएर कारोबारीहरुले पर्साको ग्रामीण क्षेत्रका पोखरीया र लंगडीमा भण्डारण गर्ने र त्यसपछि टयाक्टरमा लोड गरेर त्यही गिटटी भारतमा लैजाने गरेको स्थानीयवासीले बताएका छन् । नेपालबाट गिट्टी र बालुवा भारतमा निकासी गर्न सरकारले प्रतिबन्ध लगाएको भएपनि कारोबारीहरुले दिनहु सयौं टयाक्टर गिट्टी र बालुवा भारत तर्फ तस्करी गरिरहेको र यसको नियन्त्रणमा प्रहरी प्रशासनले चासो नदेखाएको गाँउलेहरुले बताएका छन् ।

कारोबारीहरुले सिमा क्षेत्रमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलोमतोमा गिट्टी र बालुवाको तस्करी गरिरहेको स्थानीयवासीको भनाइ छ । कारोबारीहरुले प्रहरी चौकीका इन्चार्जलाइ तस्करी बापत प्रति टयाक्टर तीन सय र सशस्त्र प्रहरीको बोर्ड आउट पोष्टका इन्चार्जलाई पाँच सय देखि एक हजार रुपैया सम्म घुस दिने गरेको गिटटी बालुवाकै तस्करीमा संलग्न एक कारोबारीले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप